एनसेलले फोरजी सुविधाका साथ ईपीएल प्रत्यक्ष प्रसारण गर्ने
क्रिकेट पारखीले ईपीएल अब एनसेल फोरजीका साथ अनलाइनबाट प्रत्यक्ष हेर्न सक्ने भएका छन्। शनिबारदेखि सुरु हुने ‘बजाज पल्सर एभरेस्ट प्रिमियर लिग’को प्रत्यक्ष प्रसारण हेर्ने ग्राहकसँग जोडिने र उनीहरूका अनुभव आदानप्रदान गर्न ईपीएल–एनसेल सहकार्यले सकारात्मक भूमिका खेल्ने विश्वास एनसेलको छ।
काठमाडौं, असोज ८ : क्रिकेट पारखीले ईपीएल अब एनसेल फोरजीका साथ अनलाइनबाट प्रत्यक्ष हेर्न सक्ने भएका छन्। शनिबारदेखि सुरु हुने ‘बजाज पल्सर एभरेस्ट प्रिमियर लिग’को प्रत्यक्ष प्रसारण हेर्ने ग्राहकसँग जोडिने र उनीहरूका अनुभव आदानप्रदान गर्न ईपीएल–एनसेल सहकार्यले सकारात्मक भूमिका खेल्ने विश्वास एनसेलको छ।
एनसेलका अनुसार नव प्रतिभाहरूको प्रबर्द्धनका लागि खेलकुदमा लगानी गर्नुपर्छ भन्ने विश्वास एनसेलको छ र ईपीएलजस्तो खेलले ग्राहकहरूसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गर्नेछ । यो नयाँ संस्करणको ईपीएलमा एनसेल ‘कनेक्टेड बाइ’ पार्टनरको रूपमा आबद्ध भएको छ र यसले देशमा क्रिकेटको विकासका लागि योगदान गर्ने विश्वास एनसेलले लिएको छ।
आफ्नो सबैभन्दा ठूलो फोरजी सञ्जालका साथ एनसेलले ईपीएलमार्फत मानिसहरू माझ आउटडोर खेलप्रतिको लगावलाई पुनःस्थापित गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।
सन् २०१६ देखि सुरु भएको यो यात्रा अहिले विश्वको ठूलो क्रिकेट लिगमध्ये एक भएको छ। यो खेल विश्वका १५५ देशमा प्रसारण गर्ने तयारी छ र ४५ करोड जनसंख्या यो कार्यक्रमको पहुँचमा हुनेछ। ईपीएलअन्तर्गत सन् २०१७ र २०१८ मा अन्तर्राष्ट्रिय खेलाडीहरू पहिलोपटक नेपालमा क्रिकेट खेल्न आएका थिए, जुन निकै सफल भएको थियो।
छोटो समयमै गति लिन सफल ईपीएलले विश्वव्यापी रूपमा ध्यान खिच्न सफल भएको छ र नेपालका लागि यो सच्चा राजदूतको रूपमा स्थापित भएको छ। पाकिस्तानी क्रिकेट ‘लिजेन्ड’ साहिद अफ्रिदी यस वर्ष ईपीएल खेल्न नेपाल आएका छन् । ‘नेपालको जस्तो प्राकृतिक सौन्दर्य अरू कतै नरहेको सुनेको छु र ईपीएलको नयाँ संस्करण नेपालमा खेल्न म निकै उत्साहित छु,’ अफ्रिदीले भनेका छन् ।











