Kathmandu Press

संरक्षित वन्यजन्तु गैंडाको खागसहित पक्राउ  

काठमाडौं, असोज ८ : काठमाडौं महानगरपालिका–८ गौशाला तिलगंगा एरियाबाट ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखिने वस्तु सहित ललितपुर, ललितपुर...
संरक्षित वन्यजन्तु गैंडाको खागसहित पक्राउ  

काठमाडौं, असोज ८ : काठमाडौं महानगरपालिका–८ गौशाला तिलगंगा एरियाबाट ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखिने वस्तु सहित ललितपुर, ललितपुर महानगरपालिका–६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। 

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त वस्तु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो। 

उक्त वस्तु सहित उनलाई आवश्यक कानूनी कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाईएको उक्त ब्युरोले जनाएको छ। 
 

प्रकाशित मिति: १५:५६ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्