एक जर्मन नागरिकसहित काठमाडौंमा दुईजना मृत भेटिए
काठमाडौं, असोज ८ : काठमाडौंमा एक जर्मन नागरिकसहित काठमाडौंमा दुईजना मृत भेटिएका छन्।काठमाडौं महानगरपालिका–१६ ठमेलस्थित बिहानी होटलको १०२ नम्बर कोठामा जर्मन नागरिक ४० वर्षीय...
काठमाडौं, असोज ८ : काठमाडौंमा एक जर्मन नागरिकसहित काठमाडौंमा दुईजना मृत भेटिएका छन्।
काठमाडौं महानगरपालिका–१६ ठमेलस्थित बिहानी होटलको १०२ नम्बर कोठामा जर्मन नागरिक ४० वर्षीय डेभिड मिट्जक्याट बिहीबार मृत अवस्थामा फेला परेका हुन्। घटना सम्बन्धमा सोधपुछका लागि तीनजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैगरी काठमाडौं महानगरपालिका–८ गौरीघाटस्थित किराँतेश्वर मन्दिर जाने बाटोमा गौरीघाट बस्ने ओखलढुंगा घर भएका नाम थर नखुलेका करिब ५२ वर्षीय पुरुष बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन्।
पाल्पाको बगनासकाली गाउँपालिका–७ खानिगाँउ झाक्रीस्थान बस्ने ३१ वर्षीय दिपक भट्टराई आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।
बैतडीको सूर्नया गाउँपालिका(४ लेकडाँडा बस्ने ५७ वर्षीय कमल सिह महरा सोही ठाउँ हरिपुरस्थित पसलको अगाडि बिहीबार मृत अवस्थामा फेला परेका छन्। घटनाका सम्बन्धमा आवश्यक सोधपुछको लागि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रौतहटको राजपुर नगरपालिका–५ बस्ने ६० वर्षीय राम सरुप राय आफ्नै घरबाट करिब १ किलोमिटर टाढा खोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन्।












