भरुवा बन्दुकसहित एकजना पक्राउ
जाजरकोट, असोज ८ : भेरी नगरपालिका–६ भेरे बस्ने ५५ वर्षीय रगवीर घर्तीलाई एक थान एकनाले भरुवा बन्दुकसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी...
जाजरकोट, असोज ८ : भेरी नगरपालिका–६ भेरे बस्ने ५५ वर्षीय रगवीर घर्तीलाई एक थान एकनाले भरुवा बन्दुकसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँमा अवैध रुपमा उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले छ।
प्रकाशित मिति: १४:२४ बजे, शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












