Kathmandu Press

फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने

काठमाडौं, असोज ८ : ‘इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आइएफकेके)’ को आयोजनामा तेस्रो राष्ट्रिय आइएफकेके तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता...
फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने

काठमाडौं, असोज ८ : ‘इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आइएफकेके)’ को आयोजनामा तेस्रो राष्ट्रिय आइएफकेके तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

प्रतियोगितामा सातै प्रदेशका एक सय ७० खेलाडीको सहभागिता रहनेछ। आइएफकेकेका अध्यक्ष घनश्याम श्रेष्ठका अनुसार पुरुषतर्फ पाँच र महिलातर्फ एक विधामा प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ ३० किलोमुनि, ३५ किलोमुनि, ४५ किलोमुनि, ५० किलोमुनि तथा ६५ किलोमुनिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ। 

यस्तै महिलातर्फ खुला तौलसमूहमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। एकदिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा सञ्चालन हुनेछन्। 

प्रकाशित मिति: १३:५० बजे, शुक्रबार, असोज ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्