Kathmandu Press

करेन्ट लागेर दुईजनाको मृत्यु 

करेन्ट लागेर दुईजनाको मृत्यु 

काठमाडौं, असोज ८ : बारा र धनुषामा करेन्ट लागेर दुइर्जनाको मृत्यु भएको छ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ लक्ष्मी टोल बस्ने ३४ वर्षीय सर्फुदीन अन्सारीको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ।

आफ्नै निर्माणाधिन घरमा मोटरबाट पानी हाल्नको लागि मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजतर्फ लैजाँदै गर्ने क्रममा बाटोमै मृत्यु भएको हो । 

धनुषाको मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ५० वर्षीया दुखनी देवी मण्डलको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ। आफ्नै घरमा पानी तान्ने मोटरको स्विच अन गर्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १३:४४ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्