सवारी दुर्घटनामा दुईजनाको मृत्यु
काठमाडौं, असोज ८ : रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ दोगानास्थित भित्री सडकमा लु२च ७४२५ नम्बरको स्कारपियोको ठक्करबाट सोही ठाउँ बस्ने ५८ वर्षीया कृष्णदेवी श्रेष्ठको बिहीबार दिउँसो...
काठमाडौं, असोज ८ : रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ दोगानास्थित भित्री सडकमा लु२च ७४२५ नम्बरको स्कारपियोको ठक्करबाट सोही ठाउँ बस्ने ५८ वर्षीया कृष्णदेवी श्रेष्ठको बिहीबार दिउँसो मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–६ स्थित भित्री सडकमा को८ प १२४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीया रामुदेवी मण्डलको बिहीबार राति मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि जिल्ला अस्पताल ईनरुवा हुँदै गोल्डेन अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनमा घाइते भएका मोटरसाइकलमा सवार हरिनगरा–६ बस्ने २५ वर्षीय अक्तर मियाको इनरुवा अस्पताल हुँदै थप उपचारका लागि घोपा धरान पठाइएको छ। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।












