Kathmandu Press

जबरजस्ती करणीको आरोपमा चारजना

काठमाडौं, असोज ८ : भक्तपुरमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुली सुनकोशी गाउँपालिका–४ बस्ने २५ वर्षीय मिठाराम धिमाललाई बुधबार प्रहरीले पक्राउ...
जबरजस्ती करणीको आरोपमा चारजना

काठमाडौं, असोज ८ : भक्तपुरमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुली सुनकोशी गाउँपालिका–४ बस्ने २५ वर्षीय मिठाराम धिमाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

धिमालले गत साउन १५ गते बिहान भक्तपुर मध्यपुर ठिमीस्थित गेष्ट हाउसमा ती किशोरीलाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले महोत्तरी बर्दिबास नगरपालिका–१ मा लुकीछिपी बसेको अवस्थामा फेला उनलाई पक्राउ गरेको हो। 

Hardik ivf

बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नागरपालिका–१ कुसुम्बा बस्ने २४ वर्षीय सुरेश मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

मगरले गत साउन २४ गतेदेखि असोज ६ गतेसम्म ती किशोरीलाई विवाह गर्छु भन्दै ललाईफकाई आफ्नै घरमा लगि जबर्जस्ती करणी गरी कुटपिट तथा धाकधम्कीसमेत दिने गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

डडेल्धुरामा १३ किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्शुराम नगरपालिका–१० बस्ने २३ वर्षीय राम सिंह ठगुन्ना र दार्चुला नौगाड गाउँपालिका–५ घर भएका २७ वर्षीय जगदीश धामी रहेका छन्।

ती किशोरीलाई दुईजना अपरिचित केटाहरूले असोज ५ गते बलात्कार गरी भागेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएको हो। 

यी सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १३:२० बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्