Kathmandu Press

वडा कार्यालय आगजनी गर्नेलाई कारबाही गर्न माग

कर्णाली, असोज ८ : वीरेन्द्रनगर नगरपालिका–१ नं वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने व्यक्तिलाई कडा कारबाही गर्न माग गरिएको छ। बुधबार वडा कार्यालय पुगेका एक...
वडा कार्यालय आगजनी गर्नेलाई कारबाही गर्न माग

कर्णाली, असोज ८ : वीरेन्द्रनगर नगरपालिका–१ नं वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने व्यक्तिलाई कडा कारबाही गर्न माग गरिएको छ। 

बुधबार वडा कार्यालय पुगेका एक अज्ञात व्यक्तिले कार्यालयको टेलिफोन प्रयोग गरी वडाध्यक्ष गङ्गाराम सुनारलाई धम्क्याउनाका साथै उनको कार्यकक्षमा आगजनी गरेका थिए। आगजनी गरेलगत्तै फरार ती व्यक्तिको प्रहरीले खोजी तीव्र पारेको जनाएको छ।

नगरप्रमुख देवकुमार सुवेदीले विज्ञप्ति जारी गर्दै प्रत्यक्ष जनतासँग सम्बन्धित कार्यालयमा आगो लगाउने, जनप्रतिनिधि र कर्मचारीको मनोबल गिराउने हर्कत गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी हदैसम्म सजायको माग गरेका छन्। 

नगरपालिकाले कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने कार्यलाई गम्भीर अपराध भन्दै विज्ञप्तिमार्फत घटनाको घोर भत्र्सना गरेको छ।

प्रकाशित मिति: ०९:४३ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्