Kathmandu Press

अहिले भ्रष्टाचार बढेको होइन, गिरफ्तारी बढेकोः प्रधानमन्त्री ओली 

काठमाडौं, साउन १४ :  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेका भ्रक्ष्टाचार गर्नेहरू धमाधम पक्राउ परिरहेको बताएका ....

अहिले भ्रष्टाचार बढेको होइन, गिरफ्तारी बढेकोः प्रधानमन्त्री ओली 
काठमाडाैंप्रेस

काठमाडौं, साउन १४ :  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेका भ्रक्ष्टाचार गर्नेहरू धमाधम पक्राउ परिरहेको बताएका छन्। उनले भ्रष्टचार बढेको नभई भ्रष्टाचार नियन्त्रणमा सरकारको  सक्रियता बढेको दाबी गरे। 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग आज बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको छ । अहिले भ्रष्टाचार बढेको होइन गिरफ्तारी बढेको हो । भ्रष्टाचारमा संलग्नलाई सानोठूलो भनेर हेरिँदैन। सबैलाई कारबाही हुन्छ ।’

प्रधानमन्त्री ओलीले सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि सरकारले नछाड्ने बताए । विभिन्न ठाउँमा अतिक्रमण भएका र भू–माफियाले कब्जा गरेका सरकारी जग्गाहरु पनि सरकारले विधि पु¥याएर फिर्ता लिने प्रधानमन्त्री ओली बताए । 

‘ललिता निवासको जग्गा पनि वर्तमान सरकारले छानविन थालेको हो तर यही सरकारले जग्गा हडपेकोजस्तो गरी मान्छेहरु कराइरहेका छन्’, उनले भने,  ‘यसअघिका सरकारहरु के हेरेर बसेका थिए ? त्यति बेला सरकारमा बसेका मान्छे नै अहिले ठूला–ठूला कुरा गर्छन् ।’

नेता केसीले बाग्लुङको गल्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पनि बुझाए । ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले जनतालाई सहज सेवा दिने आफ्नो नीति  रहेकाले इलाका प्रसाशन कार्यालय स्थापना गर्न आफू सकारात्मक रहेको बताए ।

प्रकाशित मिति: १८:३६ बजे, मंगलबार, साउन १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्