Kathmandu Press

ललितपुरमा प्यागोडा ग्रुपको कला प्रदर्शनी

काठमाडौं, असोज ८ : सुशील कोइराला मेमोरियल फाउन्डेशनको सहयोगमा प्यागोडा ग्रुपले आयोजना गरेको १५ दिने कला प्रदर्शनी सुरु भएको छ।ललितपुर महानगरपालिका–१ बखुण्डोलस्थित कुण्डलिनीमा...
ललितपुरमा प्यागोडा ग्रुपको कला प्रदर्शनी

काठमाडौं, असोज ८ : सुशील कोइराला मेमोरियल फाउन्डेशनको सहयोगमा प्यागोडा ग्रुपले आयोजना गरेको १५ दिने कला प्रदर्शनी सुरु भएको छ।

ललितपुर महानगरपालिका–१ बखुण्डोलस्थित कुण्डलिनीमा बिहीबारदेखि सुरु भएको प्रदर्शनीमा १४ कलाकारका १८ कलाकृति प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीको सुरुआत गर्दै फाउन्डेशनका सदस्यसचिव अतुल कोइरालाले नेपालको कला, संस्कृति मासिँदै गएकाले माध्यमिक तहदेखि नै यस्ता विषयलाई प्राथमिकताका साथ पाठ्यक्रममा राखिनुपर्ने बताए।

Hardik ivf

साना विद्यार्थीलाई सानैदेखि चिकित्सक, इञ्जीनियरमात्र नभएर कला, संस्कतिका साथै अनुशासन सिकाउने शिक्षको आशा रहेको उनको भनाइ थियो।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख सुष्मा राजभण्डारीले बालबालिकालाई चित्रकलामा आकर्षित गर्न कक्षा १ देखि १० सम्मको पाठ्यक्रम निर्माण भइरहेको जानकारी दिइन्।

एउटा घरमा एउटा चित्रकला राख्ने गरी प्रतिष्ठानले अभियान चलाउन लागेको उनको भनाइ थियो। नेपाली कला कमजोर नरहेको उल्लेख गर्दै राजभण्डारीले ठाउँमा लैजान भने नेपाल चुकेको बताइन्।

कुण्डलिनी आयुर्वेद केन्द्रका सञ्चालक प्रमोद पौडेलले केन्द्रमा आर्ट ग्यालरी स्थापना गरी पहिलोपटक १५ दिने कला प्रदर्शनी गरिएको जानकारी दिए।

प्रदर्शनीमा गोपाल कलाप्रेमी, सुष्मा राजभण्डारी, राजु पिठाकोटे, सरोज बज्राचार्य, किशोर नकर्मी, विकास शाक्य, रोशन प्रधान, पासाङविक्रम लामा, अजय देसार, विपना महर्जन, माला श्रेष्ठ, प्रद्युम्न श्रेष्ठ, कान्छाकाजी भाषिमा र रुद्रबहादुर पुनका चित्रकला प्रदर्शनीमा राखिएका छन्। (रासस)

प्रकाशित मिति: ०७:२७ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्