Kathmandu Press

एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने थापाको घोषणा

काठमाडौं, असोज ७ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रविना थापाले आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। काठमाडौँमा...
एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने थापाको घोषणा

काठमाडौं, असोज ७ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रविना थापाले आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। 

काठमाडौँमा आज पत्रकार सम्मेलनको आयोजना गरी उनले महिला सक्षम छन् भनेर देखाउन र संस्थागत सुधारका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको बताइन्।

Hardik ivf

‘हरेक ठाउँमा महिला नेतृत्वमा आउनुपर्छ, तब मात्रै वास्तविक परिवर्तन हुन्छ,’ थापाले भनिन्, ‘नेतृत्व पुगेको खण्डमा वैदेशिक रोजगारीलाई मर्यादित र व्यवथित गरी महिला र घरेलु कामदारका मुद्दालाई जोडतोडका साथ अघि बढाउँछु।’ उनले नेतृत्व लिएर संस्थागत सुदृढीकरण गर्दै एनआरएनएको गतिविधिलाई प्रभावकारी बनाउन आफूले भूमिका निर्वाह गर्ने पनि बताइन। 

समारोहमा जयप्रकाश गुरुङले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै एनआरएनएको संस्थागत विकास नै आजको आवश्यकता भएको औँल्याइन्। अर्का विनय अधिकारीले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

उनले थापाको प्यानलबाट आफ्नो २२ बुँदे घोषणा सार्वजनिक गर्दै संस्थालाई राजनीतिबाट मुक्त गरी आर्थिक पारदर्शिता कायम गर्नेसहित भिजन ‘थर्टी–थर्टी’ को अवधारणा अघि बढाउने जानकारी दिए।

यसअघि कूल आचार्यले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्। एनआरएनएका वर्तमान पदाधिकारीले विधानविपरीत प्रतिनिधि छनोट गरेको भन्दै असन्तुष्ट पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी दर्ता गरेपछि आउँदो १०औँ महाधिवेशन अनिश्चित बनेको छ।  

एनआरएनएका मानार्थ सदस्य नवराज ओली, एनआरएनए अमेरिकाका सल्लाहकार वेदप्रसाद खरेल र एनआरएनएका पूर्वसचिव जानकी गुरुङ लगायतले यसरी उजुरी दर्ता गराएका छन्। केही दिनअघि उनीहरुले सङ्घको निर्वाचन प्रक्रियाको प्रारम्भदेखि नै न्यायिक सिद्धान्त र विधानविपरीत प्रतिनिधि छनोट गरिएको जिकिर लिँदै कानूनविपरीत गरिएका गतिविधि सच्याउन माग गरेका थिए।

उनीहरुको उजुरीका आधारमा मन्त्रालयले एक छानविन समितिसमेत बनाएर छानविन प्रक्रिया पूरा नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिइसकेको छ। सङ्घको आगामी अक्टोबर २३ देखि २५ सम्म महाधिवेशन गर्ने मिति तय भए पनि उक्त विवादका कारण हाललाई अनिश्चित बनेको हो। सङ्घ विसं २०६० मा स्थापना भएको हो।

प्रकाशित मिति: २१:०२ बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्