Kathmandu Press

विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं, असोज ७ : प्रहरीले देशको विभिन्न ठाउँबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट प्रहरीले  नियन्त्रित लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ। 

पक्राउ पर्नेमा बारा आदर्श कोटवाल गाउँपालिका ३ का २१ वर्षीय जितेन्द्र प्रसाद यादब रहेका छन्। 

Hardik ivf

प्रहरीले उनको समथबाट ६ सय एम्पुल डाईजेपाम, ६ सय एम्पुल फेनारगन र ६ सय एम्पुल नुफिनसहित  बुधबार साँझ नियन्त्रणमा लिएको हो।

बारादेखि काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ०२ ०३ ००१ ख ०१५८ नम्बरको बसलाई नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले जाचँ गर्नेक्रममा उनलाई प्रहरीले लागुऔषधसहित फेला पारेको हो।

त्यस्तै, बारा, सिमरा उपमहानगरपालिका १८ कुसमारी टोलस्थित पसहा खोलाको ड्यामबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। करिब १० केजी ८ सय ३० ग्राम अवैध लागूऔषध गाँजासहित निजगढ नगरपालिका १२ का ४५ वर्षीय किसाने बिकलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो। 

मोटरसाइकलमा सवार बिक प्रहरीलाई देखेर भाग्ने क्रममा पिछा गर्दै जाँदा उक्त परिमाणको लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै, रुपन्देही, रोहिणी गाउँपालिका ५ मझौनी चोकबाट नियन्त्रित लागूऔषध २ सय ८१ सिसि डाईजेपाम, ३ सय १६ सिसि नुफिन र ३ सय ५ सिसि फेनारगनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा नवलपरासी रामग्राम नगरपालिका १६ का १९ वर्षीय इस्लाम चुरीहार र २० वर्षीय आलमगरी चुरीहार रहेका छन्।

लु.४ प ११३४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पिप्रहवाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। 

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १९:३५ बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्