Kathmandu Press

इपिएल खेल्न काठमाडौं आइपुगे अफ्रिदी

काठमाडौं, असोज ७ : पूर्वपाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी काठमाडौं आइपुगेका छन्।आसन्न एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्न अफ्रिदी बिहीबार अपराह्न काठमाडौं आएका हुन्।असोज ९...
इपिएल खेल्न काठमाडौं आइपुगे अफ्रिदी

काठमाडौं, असोज ७ : पूर्वपाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी काठमाडौं आइपुगेका छन्।

आसन्न एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्न अफ्रिदी बिहीबार अपराह्न काठमाडौं आएका हुन्।

असोज ९ देखि २३ गतेसम्म सञ्चालन हुने चौथो संस्करणको इपिएलका लागि अफ्रिदी काठमाडौं किंग्स इवाभेनमा आबद्ध छन्।

पाकिस्तानी टिमका पूर्वकप्तानसमेत रहेका अलराउन्डर अफ्रिदी चौथो संस्करणको इपिएलका सबैभन्दा ठूला स्टार क्रिकेटर हुन्। 

काठमाडौंले उद्घाटन खेलमै डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सको सामाना गर्नेछ।

काठमाडौंले इपिएलका लागि विदेशी खेलाडीका रुपमा अफ्रिदीसँगै रहमानुल्लाह गुर्बाज र सिंगापुरका जनक प्रकाशलाई अनुबन्ध गरेको छ।

प्रकाशित मिति: १७:२१ बजे, बिहीबार, असोज ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्