Kathmandu Press

तोडफोड गर्नेलाई कारबाहीको माग

काठमाडौं, असोज ७ : पेसागत महासङ्घ नेपालले आफ्नो कार्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ। यही असोज ४ गते पदाधिकारीको बैठक बसिरहेका बेला...
तोडफोड गर्नेलाई कारबाहीको माग

काठमाडौं, असोज ७ : पेसागत महासङ्घ नेपालले आफ्नो कार्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ। यही असोज ४ गते पदाधिकारीको बैठक बसिरहेका बेला एउटा समूहले कार्यालयमा तोडफोड गरेको थियो। 

महासङ्घका संयोजक बाबुराम थापाले आज विज्ञप्ति जारी गर्दै तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरे। उनले कार्यालयमा लगाइएको ताला खोल्न माग गरे। सो कदम ट्रेड युनियनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तविपरीत भएको महासङ्घले जनाएको छ।

प्रकाशित मिति: १७:१४ बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्