Kathmandu Press

दुईजना मृत अवस्थामा फेला

दुईजना मृत अवस्थामा फेला

काठमाडौं, असोज ७ : रुपन्देही र सिन्धुलीमा एकएकजना मृत अवस्थामा फेला परेका छन्।

रुपन्देहीको मायादेवी गाउँपालिका-६ बेथरीस्थित नालामा सोही ठाउँ बस्ने २९ वर्षीय दिलीपकुमार मल्लाहा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

Hardik ivf

सिन्धुलीको मरिण गाउँपालिका-६ सिरुटार बस्ने ४९ वर्षीय जसबिर मोक्तान बुधबार आफ्नै घरभित्र बुधबार मृत अवस्थामा फेला परेका छन्।

यी दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:०२ बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्