Kathmandu Press

दाङमा ४५ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप लगाइने

देउखुरी, असोज ७ : दाङमा ४५ वर्ष माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ। यही असोज ८, ९ र १० गते दशवटै स्थानीय...
दाङमा ४५ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप लगाइने

देउखुरी, असोज ७ : दाङमा ४५ वर्ष माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ। यही असोज ८, ९ र १० गते दशवटै स्थानीय तहमा ३० हजार ८२१ जनालाई भेरोसेल खोप लगाइने भएको छ। 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार घोराही, लमही, राप्ती, गढवा, बङ्गलाचुली र राजपुरमा असोज ८ र ९ गते खोप लगाइने छ। यस्तै तुलसीपुर, शान्तिनगर, बबई र दङ्गीशरणमा यही असोज ९ र १० गते खोप लगाउने निर्णय भएको कार्यालय प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए। 

Hardik ivf

घोराहीमा आठ हजार ८८१, तुलसीपुरमा सात हजार ९८८, लमहीमा दुई हजार ६८७, बङ्गलाचुलीमा एक हजार ३२३, बबईमा एक हजार ५११, दङ्गीशरणमा एक हजार १९७, गढवामा दुई हजार १५८, राजपुरमा एक हजार ३८२, राप्तीमा दुई हजार २८८ तथा शान्तिनगरमा एक हजार ४०६ जनालाई खोप लगाइने उनले बताए।  

‘पैँतालिस ४५ वर्षमाथिका र कक्षा १२ को परीक्षार्थीलाई खोप लगाइने छ,’ शाहीले भने। आगामी कात्तिक ५ र ६ गते कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउने जिल्ला कोरोना खोप समन्वय समिति तथा अनुगमन समितिले निर्णय गरेको छ। 

जिल्लामा हालसम्म एक लाख ३० हजार नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। कोभिसिल्ड र एष्ट्राजेनेका ४० हजार ९२८, भेरोसेल ५५ हजार २४१ तथा जोन्सन एण्ड जोन्सन खोप ३४ हजार नागरिकलाई लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका श्रोतव्यक्ति कमल चन्दले जानकारी दिए।

जिल्लामा गत वर्ष फागुनको अन्तिम सातादेखि सुरु भएको खोप अभियानअन्तर्गत विभिन्न चरणमा स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, कर्मचारी र जनप्रतिनिधिसहित ५० वर्षमाथि उमेर समूहकालाई खोप लगाइसकिएको छ । कक्षा १२ र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई समेत कोरोनाविरुद्धको खोप लगाइको छ। 

सो क्रममा छुटेका विद्यार्थीलाई खोप लगाइने कार्यालयले जनाएको छ। 
 

प्रकाशित मिति: १५:०४ बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्