पत्नी सीता र दुई छोरीसहित प्रचण्ड युएई प्रस्थान
काठमाडौं, साउन १४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युएई प्रस्थान गरेका छन्।&....

काठमाडौं, साउन १४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युएई प्रस्थान गरेका छन्।
प्रचण्ड पत्नी सीता, छोरीहरु रेनु र गंगा दाहालसहित मंगलबार बिहान युएई प्रस्थान गरेका हुन्। प्रचण्ड पाँच दिन युएईमै रहनेछन्। युएईमा रहँदा प्रचण्डले कुनै राजनीतिक भेटघाट गर्ने कार्यक्रम नभएको उनको निजी सचिवालयले जनाएको छ।
लामो समयदेखि बिरामी रहेकी पत्नी सीताकै इच्छामा युएई भ्रमण तय गरिएको बताइएको छ। युएई भ्रमणबारे प्रचण्डले सोमबार बसेको नेकपाको सचिवालय बैठकमा जानकारी गराएका थिए।
प्रकाशित मिति: १६:१८ बजे, मंगलबार, साउन १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









