डुबेर तीनजनाको मृत्यु
काठमाडौं, असोज ७ : कञ्चनपुर, सप्तरी र बारामा जमेको पानी, पोखरी र नहरमा डुबेर तीनजनाको मृत्यु भएको छ।कञ्चनपुरको पुनर्बास नगरपालिका–८ कंकड बस्ने रामजस...
काठमाडौं, असोज ७ : कञ्चनपुर, सप्तरी र बारामा जमेको पानी, पोखरी र नहरमा डुबेर तीनजनाको मृत्यु भएको छ।
कञ्चनपुरको पुनर्बास नगरपालिका–८ कंकड बस्ने रामजस रानाको छोरा २ वर्षीय अंकित राना आफ्नै घर पछाडि रहेको खाल्डोमा जमेको पानीमा डुबेर बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
डुबेर गम्भीर घाइते भएका उनको पुनर्बास पोलिक्लिनिक आईबिआरडितर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको हो।
सप्तरीको महदेवा गाउँपालिका–२ अकबरपुर बस्ने रामचरित्र मंडलकी छोरी ५ वर्षीया सिवानी मंडलको आफ्नै घर नजिक पोखरीमा नुहाउने क्रममा डुबेर बुधबौर दिउँसो मृत्यु भएको छ।
बाराको फेटा गाउँपालिका–१ त्रिवेणी बस्ने जोखन दासको छोरा ७ वर्षीय कृष्ण दास तत्वाको सोही ठाउँस्थित नारायणी नहरमा नुहाउने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ।
डुबेर गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो।












