Kathmandu Press

१८ लाख ७५ हजार नगदसहित जुवाको खालबाट १३ जना पक्राउ

काठमाडौं, असोस ७ : नेपाल प्रहरीले १८ लाख ७५ हजार ५०० रुपैयाँ नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी...
१८ लाख ७५ हजार नगदसहित जुवाको खालबाट १३ जना पक्राउ

काठमाडौं, असोस ७ : नेपाल प्रहरीले १८ लाख ७५ हजार ५०० रुपैयाँ नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७ हरमहादेवस्थित कमल दाहालको घरमा जुवा खेलिरहेको अवस्थामा आज बिहान १३ जनालाई पक्राउ गरेको हो। 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका १३ जनालाई सात बुक ताससहित नियन्त्रणमा लिएको जानकारी दिए। 

पक्राउ व्यक्तिसँग प्रहरीले नगद, सात बुक तास र विभिन्न कलरका क्वाइन बरामद गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १४:०३ बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्