Kathmandu Press

प्रदेश २ मा छुट्टै ‘विपद् व्यवस्थापन प्राधिकरण’ गठन गर्ने मुख्यमन्त्रीको घोषणा

काठमाडौं, साउन १४ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा छुट्टै ‘विपद् व्यवस्थापन प्राधिकरण’ गठन गर्ने घोषणा गरेका छन्....

प्रदेश २ मा छुट्टै ‘विपद् व्यवस्थापन प्राधिकरण’ गठन गर्ने मुख्यमन्त्रीको घोषणा

काठमाडौं, साउन १४ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा छुट्टै ‘विपद् व्यवस्थापन प्राधिकरण’ गठन गर्ने घोषणा गरेका छन्।

मुख्यमन्त्री राउतले वर्षात्, गर्मी र हिउँदको मौसमको मारमा सबैभन्दा बढी प्रदेश २ पर्ने गरेको उल्लेख गर्दै ती समस्या समाधानका हुनेगरी छुट्टै ‘विपद् व्यवस्थापन प्राधिकरण’ गठन गर्ने घोषणा गरेका हुन्।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले त्यसका लागि ‘विपद् व्यवस्थापन ऐन’ लाई तत्काल संशोधन गरेर अघि बढ्ने पनि बताए। मुख्यमन्त्री राउतले वर्षामा बाढी र डुबान, हिउँदमा चिसो र गर्मीमा हुरी, बतास र आगलागीका कारण प्रदेश दुईमा सबैभन्दा बढी जनधनको क्षति हुने भएकाले त्यसलाई नियन्त्रण गर्न प्राधिकरण गठन गरेर अघि बढ्न लागिएको बताए।

मुख्यमन्त्री राउतले संघीय सरकारले नदीहरुको तटबन्ध निर्माणको काममा बेवास्ता गरेका कारण तराईका जिल्लाहरु बाढी र डुबानको मारमा पर्नु परेको बताए।
मुख्यमन्त्री राउतले सरकारको काम कारबाहीलाई अझै प्रभावकारी बनाउने प्रतिवद्धता पनि जनाए।

उनले तत्काल प्रदेश २ को सत्ता समिकरण परिवर्तन हुने सम्भावना नरहेको पनि बताए। सञ्चारमाध्यममा आएजस्तो प्रदेश २ को सत्ता समिकरण परिवर्तन हुने अवस्था नरहेको उनको भनाइ छ।
 

प्रकाशित मिति: १५:४९ बजे, मंगलबार, साउन १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्