छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं, असोज ७ : सुनसरी र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका–२ बरगाछीस्थित कोशी राजमार्गमा को३०प ६२१७ नम्बरको स्कुटरलाई को२त ५३१७ नम्बरको ट्याक्टरले बुधबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४० वर्षीया निरा प्रधानको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको घोपा धरान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैगरी सुनसरीको बर्जु गाउँपालिका–२ टेङ्ग्रा खोलास्थित सडकमा को१८प २७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल खसेर बुधबार राति दुर्घटनामा हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–५ बस्ने २८ वर्षीय राजेश यादवको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो।
तनहुँको ऋषिङ गाउँपालिका–६ ढुङ्गागाडेस्थित सडकमा ग१त ५४७८ नम्बरको टयाक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना हँदा ट्याक्टर चालक व्यास नगरपालिका–१० बैरेनी बस्ने करिब २० वर्षीय लोकबहादुर बोटेको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो।












