करेन्ट लागेर दुईजनाको मृत्यु
काठमाडौं, असोज ७ : सिरहा र मोरङमा करेन्ट लागेर एकएकजनाको मृत्यु भएको छ। सिरहाको कर्जन्हा नगरपालिका–६ बडहरा मिर्चैया बस्ने २२ वर्षीय अशोनीकुमार झाको करेन्ट...
काठमाडौं, असोज ७ : सिरहा र मोरङमा करेन्ट लागेर एकएकजनाको मृत्यु भएको छ।
सिरहाको कर्जन्हा नगरपालिका–६ बडहरा मिर्चैया बस्ने २२ वर्षीय अशोनीकुमार झाको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ।
आफ्नै घरमा कलको धारामा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर गम्भीर घाइत भएका उनको फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचारका क्रममा मृत्यु भएको हो।
साथै करेन्ट लागेर घाइते भएकी उनकी आमा ४५ वर्षीया अभिलासा झाको सोही अस्पतालमा उपचार भइरहेको छ।
मोरङको बुढीगंगा गाउँपालिका–६ सैतानपुर बस्ने २६ वर्षीय कामलिस माझीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ।
सोही स्थानमा रहेको त्रिजुगा खोलामा आफ्नै घरको विद्युतको लाइन लगी करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो।
यी दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












