Kathmandu Press

तास खेलिरहेको अवस्थामा २५ जना पक्राउ    

तास खेलिरहेको अवस्थामा २५ जना पक्राउ    

काठमाडौं, असोज ७ : काठमाडौं र दाङबाट तास खेलिरहेको अवस्थामा २५ जना पक्राउ परेका छन्।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ हरहमहादेव बस्ने ५५ वर्षीय कमल दाहालको घरमा तास खेलिरहेको अवस्थामा हरहरमहादेव बस्ने दोलखा बैतेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय मनि कुमार दाहाल समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

Hardik ivf

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १८ लाख ७५ हजार ५ सय रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो । 

दाङको घोराही उपमहानगरपालिका–१४ पुरानो बसपार्कस्थित सटरमा पारसर भण्डारीले संचालन गरेको नास्ता तथा खाजा होटलमा तास खेलिरहेको अवस्थामा भण्डारी सहित १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

उनको होटलमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३५ हजार रुपैयाँ र सात बुक ताससहित पक्राउ गरेको हो। 

यी दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:३६ बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्