कटुवा पेस्तोल र गोलीसहित एकजना पक्राउ

रौतहट, असोज ७ : दुर्गाभगवती गाउँपालिका–२ भलुइया बस्ने २४ वर्षीय सञ्जय साह सोनारलाई एक थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने दुई थान गोलीसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:३२ बजे, बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












