Kathmandu Press

बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

उदयपुर, असोज ७ : उदयपुरको बेलका नगरपालिका–९ खारखोलामा बोलेरोको ठक्करबाट सख्त घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट गम्भीर घाइते भएका बेलका-२ का ४० वर्षीय रामचन्द्र राईको मृत्यु भएको हो।

Hardik ivf

बुधबार दिउँसो मदन भण्डारी मार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १-०२-००२ च ४८७४ नम्बरको बोलेरोले बेलका-९ खारखोलाबाट पश्चिम जाँदै गरेको स ४ प ९१०५ नम्बरको मोटरसाइकलमा सवार रामचन्द्रलाई ठक्कर दिएको थियो।

बोलेरोको ठक्करबाट घाइते रामचन्द्रलाई तत्कालै उपचारका लागि सुनसरीस्थित बिपी मेमोरियल अस्पताल धरानमा लगिएको थियो।

उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए। चालक र बोलेरोलाई इलाका प्रहरी कार्यलय बेलका रामपुरले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ०७:१३ बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्