Kathmandu Press

तीन जिल्लामा पूर्ण खोप

काठमाडौं, असोज ६ : कोरोना भाइरसविरुद्धको खोप तीन जिल्लामा पूर्णमात्रामा लगाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले मनाङ, मुस्ताङ र...
तीन जिल्लामा पूर्ण खोप
Hardik ivf

काठमाडौं, असोज ६ : कोरोना भाइरसविरुद्धको खोप तीन जिल्लामा पूर्णमात्रामा लगाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले मनाङ, मुस्ताङ र पूर्वरुकुममा सबै लक्षित जनसङ्ख्यामा पूर्णमात्रामा खोप लगाएको जानकारी दिएका छन्।

यस्तै काठमाडौँ उपत्यकामा ४० प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्णमात्राको खोप लगाएको छ। मुलुकभरि करिब १८ प्रतिशत जनसङ्ख्याले पूर्णमात्राको खोप लगाएका छन्। 

सरकारले यही असोज मसान्तसम्ममा ३३ प्रतिशतलाई पूर्णमात्राको खोप लगाउने लक्ष्य राखेको छ। कूल दुई करोड १३ लाख जनसङ्ख्यालाई खोप लगाउने सरकारको तयारी रहेको छ। नेपालमा कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनिका खोप लगाइएको छ। आज एक लाख ५६ हजार १८ जनाले खोप लगाएका छन्। अहिलेसम्म पहिलो मात्रा ६२ लाख ६२ हजार ८७० जनाले र पूर्णमात्रा ५७ लाख ५२ हजार ८५३ जनाले लगाइसकेको छन्। 

प्रकाशित मिति: २१:०७ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्