Kathmandu Press

घरबेटी प्रधानलाई १ लाख १५ हजार धरौटी तिर्न आदेश

काठमाडौं, असोज ६ : संचारकर्मी रूपा सुनारमाथि जातीय विभेदको मुद्दामा काठमाडौं जिल्ला अदालतले घरबेटीलाई एकलाख १५ हजार धरौटी तिर्न आदेश दिएको छ।जिल्ला न्यायाधीश...
घरबेटी प्रधानलाई १ लाख १५ हजार धरौटी तिर्न आदेश

काठमाडौं, असोज ६ : संचारकर्मी रूपा सुनारमाथि जातीय विभेदको मुद्दामा काठमाडौं जिल्ला अदालतले घरबेटीलाई एकलाख १५ हजार धरौटी तिर्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले बबरमहल बस्ने घरबेटी सरस्वती प्रधानलाई एक लाख १५ हजार रूपैयाँ धरौटी तिर्न बुधबार आदेश दिएको हो।

बुधबार भएको थुनछेक बहसमा उक्त आदेश भएको बुझिएको छ । प्रधान धरौटी तिरेर छुटेको बताए। गत असार १ मा कोठा हेर्न गएकी सुनारले आफू कामीकी छोरी भएको बताएपछि प्रधानले कोठा दिन अस्वीकार गरेको आरोप लागेको थियो।

आफूमाथि जातीय विभेद भएको भन्दै रूपाले प्रधानविरूद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन्।

प्रकाशित मिति: २०:५३ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्