पारिवारिक भ्रमणमा नेकपा अध्यक्ष प्रचण्ड यूएई प्रस्थान
काठमाडौं, साउन १४ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिर....

काठमाडौं, साउन १४ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन्।
आज अध्यक्ष प्रचण्डसँगै पत्नी सिता, छोरीहरु रेणु दाहाल र गंगा दाहाल पनि यूएई प्रस्थान गरेका छन्। लामो समयदेखि बिरामी पत्नी सिताको इच्छामा यो भ्रमण गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ।
पाँच दिने यूएई भ्रमणका क्रममा अध्यक्ष प्रचण्डको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको जनाएको छ।
उनले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराएका थिए।
प्रकाशित मिति: १२:२३ बजे, मंगलबार, साउन १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









