Kathmandu Press

जावलाखेल युथ क्लबलाई चार लाख सहयोग

काठमाडौं, असाेज ६ : ब्रिटिस आर्मीका पूर्वलेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले जावलाखेल युथ क्लबलाई ४ लाख रुपैयाँ सहयोग गरेका छन्।  ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा भाग...
जावलाखेल युथ क्लबलाई चार लाख सहयोग

काठमाडौं, असाेज ६ : ब्रिटिस आर्मीका पूर्वलेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले जावलाखेल युथ क्लबलाई ४ लाख रुपैयाँ सहयोग गरेका छन्।  ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा भाग लिने खेलाडीका लागि उनले सो रकम सहयोग गरेका हुन्। 

एन्फाको आयोजनामा आगामी कात्तिक २९ गतेदेखि हुने ‘ए’ डिभिजन लिगमा क्लबले भाग लिँदैछ।

क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले सो रकम खेलाडीको व्यवस्थापनमा प्रयोग गरिने बताए। उनले आर्थिक सहयोगले खेलाडीलाई हौसला मिल्ने बताए। 

क्षेत्रीले खेलाडीलाई खान, बस्न र खेल तयारीका लागि उक्त रकम खर्च गरिने बताए। बुढाथोकीले विभिन्न समाजिक कार्यका लागि सहयोग गर्दै आएका छन्। 

प्रकाशित मिति: १७:३५ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्