Kathmandu Press

चाँदीजस्तो देखिने ४० किलो धातुसहित पक्राउ 

रौतहट, असोज ६ : गौर नगरपालिका–४ स्थित गौर बसपार्कबाट ४० किलो चाँदीजस्तो देखिने धातुसहित सर्लाही मलंगवा नगरपालिका–२ बस्ने ३५ वर्षीय विद्यानन्द साह सोनारलाई...
चाँदीजस्तो देखिने ४० किलो धातुसहित पक्राउ 
Hardik ivf

रौतहट, असोज ६ : गौर नगरपालिका–४ स्थित गौर बसपार्कबाट ४० किलो चाँदीजस्तो देखिने धातुसहित सर्लाही मलंगवा नगरपालिका–२ बस्ने ३५ वर्षीय विद्यानन्द साह सोनारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं–गौर चल्ने ज्वाला रात्रिसेवा बसबाट झरेर पैदल हिँडिरहेका उनलाई अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उनको साथबाट उक्त धातु फेला पारी उनलाई पक्राउ गरेको हो। 

उनलाई बरामद धातु सहित आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पथलैया बारा पठाइएको छ।
 

प्रकाशित मिति: १६:०४ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्