Kathmandu Press

सर्पले डस्दा दिदीभाइको मृत्यु

सप्तरी, असोज ६ : सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ।मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ...
सर्पले डस्दा दिदीभाइको मृत्यु

सप्तरी, असोज ६ : सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ।

मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल छन्। 

Hardik ivf

घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो।

उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामअवतार साहले जानकारी दिए।

राति सुतेको अवस्थामा दुवैको मुखबाट फिज आएको देखेपछि परिवारका सदस्यहरुले उपचारका लागि अस्पताल लगेका थिए। 

प्रकाशित मिति: १५:५५ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्