विप्लव समूहले आह्वान गर्याे उपत्यकासहित वागमती, नारायणी र जनकपुर बन्द
काठमाडौं, साउन १४ः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्रोही नेपाल कम्युनिस्ट पार्टीले भोलि साउन १५ गते काठमाडौं उपत्यकासहित बाग्मती, न....

काठमाडौं, साउन १४ः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्रोही नेपाल कम्युनिस्ट पार्टीले भोलि साउन १५ गते काठमाडौं उपत्यकासहित बाग्मती, नारायणी र जनकपुर अञ्चलका जिल्ला बन्दको आह्वान गरेको छ।
सो पार्टी केन्द्रीय सदस्य एवम् उपत्यका व्युरो इञ्चार्ज माइला लामालाई सरकारले पक्राउ गरेको विरोधमा उक्त बन्दको आह्वान गरेको हो। पार्टी प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै यस्तो बन्दको आह्वान गरेका हुन् । उनले उपत्यका इञ्चार्ज लामासहित सम्पूर्ण नेता–कार्यकर्ताको बिनाशर्त रिहाइको माग गरेका छन्।
प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साउन ४ गते राति सुतिरहेको समयमा काठमाडौं, काँडाघारीबाट नेपाल कम्युनिस्ट पार्टीका उपत्यका व्युरो इञ्चार्ज तथा सांस्कृतिक मोर्चाका इञ्चार्ज माइला लामा ‘प्रज्वल’लाई राष्ट्रघाती, व्यभिचारी, लुटेरा, दलाल, हत्यारा, गुण्डा नायक प्रहरीभित्रको बदनाम गिरोहले गिरफ्तार गरेको छ । यसले आफ्नै काठमाडौं अदालतसमक्ष गिरफ्तारीको औचित्य पुष्टि गर्न र प्रमाण पेश गर्न पनि सकेन । त्यसपछि नाङ्गो झुठ र नक्कली बहानामा जेल चलान गर्यो । ओली–बादल मण्डलीको यस प्रकारको इतिहासकै तानाशाहको हर्कत माथ गर्ने निरंकुश र आततायी गिरफ्तारी एवम् दमनको पार्टी निन्दा र घोर भत्र्सना गर्दछ र माइला लामाको रिहाइको माग गर्दछ।’

-1784896419.png)









