Kathmandu Press

१७ किलो बढी गाँजासहित दुईजना पक्राउ 

काठमाडौं, असोज ६ : बुढानिलकण्ठ नगरपालिका–१० बालुवा खानीबाट ४ किलो ६ सय ६४ ग्राम अवैध लागूऔषघ गाँजाको धुलो जस्तो देखिने पदार्थ सहित दोलखा...
१७ किलो बढी गाँजासहित दुईजना पक्राउ 

काठमाडौं, असोज ६ : बुढानिलकण्ठ नगरपालिका–१० बालुवा खानीबाट ४ किलो ६ सय ६४ ग्राम अवैध लागूऔषघ गाँजाको धुलो जस्तो देखिने पदार्थ सहित दोलखा तामाकोसी गाउँपालिका–५ बस्ने ४० वर्षीय योगराज पोखरेललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

उक्त ठाउँमा लागूऔषध बिक्रीवितरण भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो। 

सर्लाहीको हरिवन नगरपालिका(१० ब्रहमटोल बस्ने ५३ वर्षीय कुलदास घिसिङलाई करिब १२ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले घर तलासी गर्दा कोठामा लुकाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १५:०२ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्