Kathmandu Press

प्रधानमन्त्री ओली सिंगापुर र प्रचण्ड यूएई जाँदै

कामठाडौं, साउन १४ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश जान लागेका छन्। प्रधानमन्त्री ओली उपचारका ....

प्रधानमन्त्री ओली सिंगापुर र प्रचण्ड यूएई जाँदै

कामठाडौं, साउन १४ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश जान लागेका छन्। प्रधानमन्त्री ओली उपचारका लागि र प्रचण्ड पारिवारिक भ्रमणमा विदेश जान लागेका हुन्।

नेकपा अध्यक्ष प्रचण्ड आज यूएई जान लागेको जनाएको छ। उनी पारिवारिक भ्रमणमा यूएई जान लागेको निजी सचिवालयले जनाएको छ।

प्रचण्डसँगै पत्नी सीता, छोरीहरू रेणु र गंगा पनि यूएई जाँदैछन्। उनी साउन १८ गते नेपाल फर्किने जनाएको छ।

त्यस्तै, प्रधानमन्त्री ओली उपचारका लागि शनिबार सिंगापुर जान लागेका हुन्। उनी नियमित स्वास्थ्य जाँचका लागि सिंगापुर जान लागेको जनाएको छ।

 

प्रकाशित मिति: १०:०३ बजे, मंगलबार, साउन १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्