Kathmandu Press

डुबेर दुईजनाको मृत्यु

काठमाडौं, असोज ६ : सप्तरी र कञ्चनपुरमा डुबेर दुईजनाको मृत्यु भएकाे छ।सप्तरीको खडक नगरपालिका–८ मुसहरनिया बस्ने राजेश कुमार चौधरीकी छोरी ३ वर्षीया एलिजा...
डुबेर दुईजनाको मृत्यु

काठमाडौं, असोज ६ : सप्तरी र कञ्चनपुरमा डुबेर दुईजनाको मृत्यु भएकाे छ।

सप्तरीको खडक नगरपालिका–८ मुसहरनिया बस्ने राजेश कुमार चौधरीकी छोरी ३ वर्षीया एलिजा कुमारी चौधरीको डुबेर मंगलबार साँझ मृत्यु भएको छ। 

Hardik ivf

आफ्नै घर नजिक रहेको पोखरीमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका उनको  सप्तर्षि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

कञ्चनपुरको पुनर्बास नगरपालिका-११ बस्ने ४० वर्षीय माने खत्रीको डुबेर मंगलबार साँझ मृत्यु भएको छ। सोही ठाउँ अमरबस्तीस्थित पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।

यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १३:०२ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्