पहिरोमा पुरिएर तीनजनाको मृत्यु

काठमाडौं, असोज ६ : गुल्मीमा गएको पहिरोमा परी तीनजनाको मृत्यु भएको छ।
गुल्मीको रेसुंगा नगरपालिका–८ थुम्का लाइन बस्ने तिलक परियारको पक्की घरमा मंगलबार राति पहिरो जाँदा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा तिलकका छोरीहरु २१ वर्षीया भावना परियार, १४ वर्षीया गंगा परियार र जमुना परियार रहेको प्रहरीले जनाएको छ।
उनको घरमा पहिरो जाँदा तीनजना व्यक्ति पुरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले स्थानीय र नेपाली सेनाको सहयोगमा खोजी गर्ने क्रममा उनीहरुको शव फेला परेको हो।
प्रकाशित मिति: १२:५८ बजे, बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












