Kathmandu Press

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

सवारी दुर्घटनामा दुईजनाको मृत्यु


काठमाडौं, असोज ६ : काठमाडौं र रौतहटमा भएका सवारी दुर्घटनामा दुइर्जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–३२ छाप्रो बस्ने रामेछाप खर्पु घर भएका ३२ वर्षीय लक्ष्मण सुनारको मंगलबार साँझ भएको सवारी दुर्घटनामा मृत्यु भएको छ। 

Hardik ivf

सोही ठाउँमा पैदल हिँडिरहेको अवस्थामा प्रदेश ३–०२–०११ प ३६१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मदरल्यान्ड अस्पताल पेप्सीकोला हुँदै ट्रमा सेन्टरमा थप उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहटको कटहरिया नगरपालिका–८ बलुवास्थित सडकमा ना४२प ७१४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक देवाहिगोनाहि नगरपालिका–३ बस्ने २९ वर्षीय पप्पु पटेलको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कटहरियास्थित जिवनज्योति हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो। 

प्रकाशित मिति: १२:५० बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्