Kathmandu Press

कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ 

झापा असोज ६ : झापाकाृे दमक नगरपालिका–१ बस्ने हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने ४९ वर्षीय कर्ण राई...
कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ 

झापा असोज ६ : झापाकाे दमक नगरपालिका–१ बस्ने हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने ४९ वर्षीय कर्ण राई लगायत १७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। 

उनको भान्सा कोठामा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख २७ हजार ६ सय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो।      

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १२:४२ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्