Kathmandu Press

अवरुद्ध मुग्लिन–नौबिसे सडक ११ घण्टापछि सञ्चालन

मुग्लिन, असोज ६ : पहिराका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ।यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको पहिराका कारण गएराति ११...
अवरुद्ध मुग्लिन–नौबिसे सडक ११ घण्टापछि सञ्चालन
Hardik ivf

मुग्लिन, असोज ६ : पहिराका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ।

यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको पहिराका कारण गएराति ११ बजेदेखि  दुईतर्फी अवरुद्ध बनेको सडक ११ घण्टापछि सञ्चालनमा आएको हो।

सडक डिभिजन कार्यालयको दुई वटा लोडरले पहिरो पन्छाइ बिहान १० बजेदेखि सडक सञ्चालन गरिएको  इलाका  प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरो पन्छाएसँगै सवारीसाधन  गन्तव्य तर्फ लागेका छन् । 
 

प्रकाशित मिति: ११:५२ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्