Kathmandu Press

कक्षा १२ को नतिजा सार्वजनिक, तीन हजार ६७ जनाले मात्रै ल्याए माथिल्लो ग्रेड

काठमाडौं, साउन १३ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। 

सोमबार साँझ बसेको बोर्ड बैठकपछि कक्षा १२ को नत....

कक्षा १२ को नतिजा सार्वजनिक, तीन हजार ६७ जनाले मात्रै ल्याए माथिल्लो ग्रेड
फाइल

काठमाडौं, साउन १३ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। 

सोमबार साँझ बसेको बोर्ड बैठकपछि कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो। बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ३ दशमलव ६१ देखि ४ जिपिए तीन हजार ६७ जनाले ल्याएका छन्।

परीक्षा बोर्डका अनुसार ३ दशमलव २१ देखि ३.६० सम्म १६ हजार २ सय ४, २ दशमलव ४१ देखि २.८० सम्म ५६ हजार ५ सय ३, २ दशमलव ०१ देखि २.४० सम्म ८६ हजार २ सय २७ र १ दशमलव ६१ देखि २ जीपीए ६२ हजार ६ सय १९ ले ल्याएका छन्।

आंशिक परीक्षातर्फ ४१.८३ प्रतिशत अर्थात २३ हजार ९ सय १५ जना उतीर्ण भएका छन्। कक्षा १२ को परीक्षामा नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ र आंशिकतर्फ ५७ हजार १ सय ७० जना  परीक्षार्थी सहभागी भएका थिए। यस्तै, ग्रेड वृद्धितर्फ ७८ हजार ७ सय ४४ ले पुनः परीक्षामा सामेल भएका थिए।
 

प्रकाशित मिति: १८:२९ बजे, सोमबार, साउन १३, २०७६