काठमाडौं, साउन १३ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य एवं सांसद राजेन्द्...." />काठमाडौं, साउन १३ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य एवं सांसद राजेन्द्...." />काठमाडौं, साउन १३ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य एवं सांसद राजेन्द्....">
Kathmandu Press

सरकार र सभामुखले जनताका अधिकार हनन् गरे : महतो

काठमाडौं, साउन १३ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य एवं सांसद राजेन्द्....

सरकार र सभामुखले जनताका अधिकार हनन् गरे : महतो
फाइल

काठमाडौं, साउन १३ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य एवं सांसद राजेन्द्र महतोले सरकार र सभामुखले जनताका अधिकार हनन् गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि सोमबार संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सभामुखको रुलिङ तथा आफैले गरेको प्रतिवद्धता कार्यान्वयन नगरेर सरकार र सभामुखले जनताको अधिकार हनन् गरेको आरोप लगाएका हुन्।

उनले गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक–पटक गरेको रुलिङ कार्यान्वयन नगराएर सभामुख कृष्णबहादुर महराले र सार्वजनिक नगरेर सरकारले जनताको अधिकार हनन् गरेको तर्क गरे। महतोले सरकार गैरजिम्मेवार र सभामुख गम्भीर नभएको पनि आरोप लगाए।

नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीका दुई ठाउँमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएका छन्।

सोमबार अवरोधकाबीच सभामुखले कार्यसूची अघि बढाउन थालेपछि दुबै पार्टीका सांसदहरुले रोष्टम घेराउ गरी नाराबाजी गरेका थिए। नाराबाजीपछि सभामुख महराले संसद बैठक स्थगित गरेका थिए।
 

प्रकाशित मिति: १८:०२ बजे, सोमबार, साउन १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्