Kathmandu Press

विक्कीले पाए गुमाएको झोला

काठमडौं, असोज ५ : प्रहरीले कमेडी च्याम्पियन सिजन २ का फस्ट रनर अप बिक्की अग्रवालले गुमाएकाे झोला पाएका छन्। प्रहरीले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको स्वर्णद्वार नजिकै भेटिएको...
विक्कीले पाए गुमाएको झोला

काठमडौं, असोज ५ : प्रहरीले कमेडी च्याम्पियन सिजन २ का फस्ट रनर अप बिक्की अग्रवालले गुमाएकाे झोला पाएका छन्। 

प्रहरीले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको स्वर्णद्वार नजिकै भेटिएको कम्वरमा बोक्ने झोला विक्की अग्रवाललाई जिम्मा लगाएको हो।

Hardik ivf

आइतबार प्रहरीले विमानस्थलको गेट नजिकै वेवारिसे अवस्थामा कालो रंगको व्याग फेला पारेको थियो। प्रहरीले व्यागभित्र रहेको परिचय पत्रको आधारमा उक्त झोला भारतीय नागरिक बिक्की अग्रवालको रहेको पहिचान गरेको थियो। 

प्रहरीले मंगलबार उनलाई बोलाई व्यागमा रहेको नेपाली दुई हजार ९४० रुपैयाँ, ७९० भारतीय रुपैयाँ, एप्पलको घडी एक थान र आइपोट एक थान सहित झोला जिम्मा लगाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:४२ बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्