Kathmandu Press

एसियन कप छनोटमा नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं, असोज ५ : नेपाली महिला टिम एएफसी महिला एसियन कप छनोटको समूह चरणबाटै बाहिरिएको छ।उज्वेकिस्तानमा भइरहेको समूह एफको आफ्नो अन्तिम खेलमा मंगलबार...
एसियन कप छनोटमा नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं, असोज ५ : नेपाली महिला टिम एएफसी महिला एसियन कप छनोटको समूह चरणबाटै बाहिरिएको छ।

उज्वेकिस्तानमा भइरहेको समूह एफको आफ्नो अन्तिम खेलमा मंगलबार हङकङसँग गोलरहति बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो।

एसियन कप छनोटको सम्भावना जीवितै राख्न नेपालले हङकङलाई हराउनै पर्ने थियो । हङकङलाई खेलअवधि भर दबाब राखे पनि नेपालले गोल भने गर्न सकेन।

यसअघि नेपाल पहिलो खेलमा फिलिपिन्ससँग २–१ ले पराजित भएको थियो। समूह एफबाट एसियन कपमा छनोट हुने टिमको टुंगो हङकङ र फिलिपिन्सबीचको खेलपछि मात्र लाग्ने छ।

प्रकाशित मिति: १९:०५ बजे, मंगलबार, असोज ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्