Kathmandu Press

नेपाली धावक पार्की जर्मनी जाने

काठमाडौं, असोज ५ : जर्मनीमा आयोजना हुने ‘बर्लिन म्याराथन’मा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीको आज बिदाइ गरिएको छ। नेपालगन्ज म्याराथनद्वारा आज यहाँ आयोजित...
नेपाली धावक पार्की जर्मनी जाने

काठमाडौं, असोज ५ : जर्मनीमा आयोजना हुने ‘बर्लिन म्याराथन’मा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीको आज बिदाइ गरिएको छ। नेपालगन्ज म्याराथनद्वारा आज यहाँ आयोजित कार्यक्रममा पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाइ गरिएको हो। 

दुवै जनालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपालगन्ज म्याराथनका आयोजक क्रिएटिभ ह्याण्डस्का अध्यक्ष टिएस ठकुरीलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे। सो अवसरमा दुवै जनालाई ट्रयाक सुट, झोला र टिसर्ट प्रदान गरिएको थियो। 

विश्व चर्चित ‘बर्लिन म्याराथन’ जर्मनीको बर्लिनमा यही असोज १३ गते हुँदैछ। धावक पार्की आज राति कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्दै छन् । उनी पछिल्लो संस्करणको नेपालगन्ज म्याराथनको विजेतासमेत हुन्। 

पार्कीले नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग०मा म्याराथनमा स्वर्ण पदक जितेका थिए। बिदाइ कार्यक्रममा पार्कीले आफुले सकेसम्म उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गरे।
 

प्रकाशित मिति: १५:४३ बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्