निर्मला हत्याकाण्डबारे गृहमन्त्री थापाले भने-डिएनए नमिलेकाले दिलिपसिंह विष्टलाई दोषी किटान गर्न सकिएन
काठमाडौं, साउन १३ : गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याको घटनाबारे अनुसन्धान जारी नै रहेको बताएका छन्।
....
काठमाडौं, साउन १३ : गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याको घटनाबारे अनुसन्धान जारी नै रहेको बताएका छन्।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सोमबारको बैठकमा बोल्दै गृहमन्त्री थापाले भने,‘निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाबारे अध्ययन अनुसन्धान जारी नै छ।’
बैठकमा समितिका सदस्य चन्द्रबहादुर खड्काले डिएनए परीक्षणबाहेक साविति बयान लगायत कारणले विष्ट नै दोषी देखिएपनि घटनाको दोषी पत्ता लगाउन किन अलमल भएको भनि प्रश्न गरेका थिए।
सांसद खड्काले गरेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले डिएनए परीक्षण नमिलेका कारण प्रहरीले पक्राउ गरेका दिलिपसिंह विष्टलाई दोषी किटान गर्न नसकिएको बताए।
गृहमन्त्री थापाको जवाफपछि समितिका सभापति रामनारायण विडारीले अनुसन्धानलाई प्रतिकुल असर नपर्ने गरी निर्मला पन्तको हत्याको घटना अध्ययन अनुसन्धानका सम्पूर्ण कागजात समितिमा उपलब्ध गराउन आग्रह गरेका थिए।
समितिले सरकारी आश्वासन कार्यान्वयनका सम्बन्धमा गृहमन्त्री थापालाई छलफलका लागि बैठकमा बोलाएको थियो।

-1784896419.png)









