Kathmandu Press

लमजुङमा विद्युतको तीन करोड बक्यौता

लमजुङ, असोज ५ : जिल्लामा विद्युत्को रु तीन करोड बक्यौता उठ्न बाँकी रहेको छ। लमजुङ विद्युत् उपभोक्ता संस्थाको रु दुई करोड र पश्चिम लमजुङ...
लमजुङमा विद्युतको तीन करोड बक्यौता

लमजुङ, असोज ५ : जिल्लामा विद्युत्को रु तीन करोड बक्यौता उठ्न बाँकी रहेको छ। लमजुङ विद्युत् उपभोक्ता संस्थाको रु दुई करोड र पश्चिम लमजुङ उपभोक्ता समितिको रु एक करोड बक्यौता उठ्न बाँकी छ। 

नेपाल विद्युत् प्राधिकरण केन्द्रका प्रमुख यमकुमारी गुरुङका अनुसार केन्द्र प्रमुख गुरुङका अनुसार पश्चिम विद्युत् उपभोक्ता समितिले २०७२ सालसम्म रु २८ लाख बक्यौता तिर्न बाँकी थियो। त्यसयता समितिले बक्यौता तिरेको छैन। ‘दुई पटक पत्राचार गरिसकेका छौँँ, बक्यौता तिर्न मानेको छैन,’ उनले भने। 

Hardik ivf

लमजुङ विद्युत् उपभोक्ता समितिले गत वर्षदेखि बक्यौता तिर्न थालेको हो। सो संस्थाले सुरुआतमा रु ३२ लाख, दोस्रो पटक रु २५ लाख तथा पछिल्लो समय रु सात बक्यौता तिरेको गुरुङले जानकारी दिए। विसं २०७२ मा लमजुङ वितरण केन्द्र स्थापना भएको हो। स्थापनाताका लमजुङ विद्युत् उपभोक्ता संस्थाले रु तीन करोड १२ लाख र पश्चिम विद्युत् उपभोक्ता समितिले रु २८ लाख बक्यौता तिर्न बाँकी थियो। 

जिल्लामा बिजुली उपभोक्ता समितिले वितरण गर्दै आएको छ। समितिले लमजुङ र तनहुँको केही भागमा गरी करिब ३० हजार सेवाग्राहीलाई बिजुली उपलब्ध गराएको छ। तनहुँको साविकको चिसोपानी, रुपाकोट र पुरनकोटका दुई हजार ७०० परिवारले बिजुली प्रयोग गर्दै आएका छन्।   
 

प्रकाशित मिति: १३:२९ बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्