सरकारले सर्लाही गोलीकाण्डको घटनालाई ढाकछोप गर्न खोज्योः खाँण
काठमाडौं, साउन १३ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्लाही घटनाको सत्य तथ्य बाहिर ल्याउन सरकार तयार नभएपछि प्....

काठमाडौं, साउन १३ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्लाही घटनाको सत्य तथ्य बाहिर ल्याउन सरकार तयार नभएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्नु परेको बताएका छन्।
कांग्रेस प्रमुख सचेतक खाँणले प्रहरीको गोली लागेर सर्लाहीमा मारिएका दुई जना नागरिकको घटनाबारे सत्यतथ्य बाहिर ल्याउन छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दा सरकारले नमानेपछि प्रतिनिधिसभा बैठक सोमबार पनि अवरुद्ध पार्नु परेको बताएका हुन्।
सोमबार संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै खाँणले नागरिकको जीवन रक्षा गर्ने दायित्व पूरा गर्न सरकारलाई खबरदारी गर्न पनि आफूहरु लागि परेको स्पष्ट पारे।
प्रमुख सचेतक खाँणले गैरन्यायिक ढंगले प्रहरीको गोली लागेर मान्छे मार्ने काम गरिएपछि आफूहरुले मानव अधिकारको रक्षाका लागि पनि त्यसको तथ्य बाहिर ल्याउन सरकारसँग संसदीय छानविन समिति गठन गर्न माग गर्ने एजेन्डालाई निरन्तरता दिएको पनि बताए।
सरकार सो घटनालाई ढाकछोप गर्न लागि परेको पनि प्रमुख सचेतक खाँणको आरोप छ।
प्रमुख सचेतक खाँणले सो घटनाको सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरासँग पनि पटक-पटक छलफल गरेपनि सुनुवाई नभएको पनि बताए।

-1784896419.png)









