Kathmandu Press

डुम्रे–बेँसीशहर सडक एकतर्फी सञ्चालन

दमौली, असोज ५ : सोमबार राति परेको वर्षापछि गएको पहिराले अवरुद्ध डुम्रे–बेँसीशहर सडकखण्ड एकतर्फी सुचारु भएको छ। तनहुँको भानु नगरपालिका–८ स्थित पाँचसय फाँटमा पहिरा जाँदा...
डुम्रे–बेँसीशहर सडक एकतर्फी सञ्चालन

दमौली, असोज ५ : सोमबार राति परेको वर्षापछि गएको पहिराले अवरुद्ध डुम्रे–बेँसीशहर सडकखण्ड एकतर्फी सुचारु भएको छ। 

तनहुँको भानु नगरपालिका–८ स्थित पाँचसय फाँटमा पहिरा जाँदा अवरुद्ध भएको सडकखण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो। सडकभन्दा माथिको ढिस्को खसेर लेदोसहितको पहिराले सडकखण्ड अवरुद्ध हुँदा सवारीसाधन रोकिएका थिए।

Hardik ivf

उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएपछि रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

सडक डिभिजन कार्यालयका सहयोगमा जेसिभी प्रयोग गरी पहिरो पन्छ्याएर दुईतर्फी सञ्चालनमा ल्याउने काम भइरहेको छ। ‘दुईतर्फी रुपमा बाटो सुचारु गराउन केही समय लाग्ने देखिएको छ,’ उनले भने।
 

प्रकाशित मिति: १२:०७ बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्