Kathmandu Press

भरुवा बन्दुक सहित ५ जना पक्राउ 

भरुवा बन्दुक सहित ५ जना पक्राउ 
Hardik ivf

सिन्धुली, असोज ५ : दुधौली नगरपालिका–२ जलकिनी र तिनचम्के भन्ने स्थानबाट ४ थान भरुवा बन्दुकसहित सोही ठाउँ जलकिनी बस्ने ५० वर्षीय नुर बहादुर बस्नेतलगायत ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी हत्पतेबाट गस्तीमा खटिएको प्रहरीले गोप्य सूचनाको आधारमा बस्नेतको घर र गोठ तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: ११:३९ बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्